जबर्जस्ती करणी गर्ने युवक पक्राउ
पाल्पा | साउन १३, २०८०
पाल्पा: तानसेनको एक होटलमा जबर्जस्ती करणी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीकी २५ वर्षीया महिलालाई डरधम्की देखाएर जबर्जस्ती करणी गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–९ बस्ने २४ वर्षका आशिष सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गत साउन ५ गते तानसेनस्थित एक होटलमा ल्याएर ती पुरुषले आफूलाई जबर्जस्ती करणी गरेको र अश्लिल भिडियोसमेत बनाएको पीडितको भनाई छ ।
उक्त भिडियो सार्वजनिक गर्ने र भाइरल बनाउने डरधम्की दिएर पुनः बुटवल उपमहानगरपालिका–११, माझगाउँको एक होटलमा ती पुरुषले जबर्जस्ती प्रहरीले जनाएको छ ।
युवकले जबर्जस्ती गरेको अश्लिल भिडियो भाइरल गर्ने धम्की दिएर पटक–पटक करणी गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । आरोपी पुरुषलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको थापाले बताउनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

